Logo
Logo

मानव तस्कर प्रकरण : तीन जना पुर्पक्षका लागि थुनामा


315
Shares

काठमाडौँ । मानव तस्करी तथा लिखत सम्बन्धी आरोप लागेका तीन जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश बलराम लम्सालको इजलासले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाईलाई थुनामा पठाउने आदेश गरेको हो ।

आरोप लागेका तीन जनालाई धरौटी मागेको छ । अरु दुई जना साधारण तारेखमा छुटेका छन् । जनक राई, दावा शेर्पा र कञ्चन देवकोटा ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । नवीन राई र बुद्धि राई साधारण तारेखमा रिहा भएका छन् ।

यस प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्