काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौंं गुर्खाजले लुम्बिनी लायन्सलाई एक सय चार रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ ओभर दुई बलमा एक सय तीन रनमा अलआउट भयो ।
काठमाडौं लागि भीम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।
बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले दुई/दुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान एकरएक विकेट झारे ।