Logo
Logo

पोखराले दियो काठमान्डुलाई १३९ रनको लक्ष्य


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोदराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको हो ।

पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन जोडेका थिए । तर, त्यही ओभरको अन्तिम बलमा आउट भए ।

बलिङमा काठमान्डुका कप्तान करण केसी र रासिद खानले ३–३ विकेट लिए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिए ।

जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान एक विकेट लिए । एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिए । पोखराले अन्तिम दुई ओभरमा २६ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्