काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दास्रो खेलमा चितवन राईनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
जनकपुर यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ भने चितवन प्लेअफमा पुग्न संघर्ष गरिरहेको छ । ६ खेल खेलको जनकपुरले एक र चितवनले ३ खेलमा हार बेहोरेको छ ।