काठमाडौं । राष्ट्रिय जनमुक्ती पार्टीका महासचिव राम परीयारसहित जनमुक्ति पार्टीका नेता-कार्यकर्ताको ठुलो टिम नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
रुपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमबीच महासचिव परीयारसहित नेपाली कांग्रेस, नेकपा एमाले परित्याग गरी ७०० जना भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन् ।