काठमाडौं । नेपाल नर्सिङ संघको अध्यक्षमा प्राध्यापक चन्द्रकला शर्मा विजयी भएका छन्
संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो । अध्यक्षमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १३७० मत मात्रै प्राप्त गरे ।
यस्तै अध्यक्ष पदको अर्को उम्मेद्धार बसन्ती थापाले २८२ मत मात्रै प्राप्त गरे । यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी भएका छन् । उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा डा. देवका कुमारी आचार्य, सचिवमा वेली पौडेल र कोषाध्यक्षमा तुलसादेवी अधिकरी विजयी भएका छन् ।