Logo
Logo

बङ्गलादेशविरुद्ध पहिला ब्याटिङमा नेपाल


756
Shares

काठमाडौं । एसीसी यु–१९ महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा बङ्गलादेशसँगको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा बङ्गलादेशकी कप्तान सुमैया अख्तरले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल र बङ्गलादेशसँगको खेल बिहान पौने १२ बजे शुरू हुनुपर्ने भए पनि वर्षाका कारण ढिलाइ भएको हो ।

यसअघि हिजोको पहिलो ‘सुपर–फोर’ नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । यो खेलमा नेपालले बङ्गलादेशलाई हराएमा फाइनलमा पुग्नेछ । यदि यो खेल नतिजाविहीन भएमा नेट रन रेटमा अघि रहँदै बङ्गलादेश फाइनलमा पुग्नेछ ।

यस्तै ‘सुपर–फोर’ बाट भारत फाइनलमा पुगेको छ । आज बिहान भएको खेलमा श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा पुगेको हो । प्रतियोगिताको समूह ’ए’ बाट भारत र नेपाल तथा समूह ’बी’ बाट बङ्गलादेश र श्रीलङ्का ’सुपर–फोर’ मा पुगेका हुन् । फाइनल खेल पर्सि आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्