काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको भएको छ । शुक्रबार बिहान सभापति लामिछाने सभामुख घिमिरेलाई भेटन् सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्ष पुगेका हुन् ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टाअघि लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता गरेका हुन् । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको छ ।
लामिछानेले सभामुख घिमिरेसँग निलम्बन गैरकानूनी र प्रतिनिधिसभा नियमावलीविपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेका छन्। निवेदन फुकुवाको निवेदन विधिवत् दर्ता भइरहेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।
सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो। राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।