काठमाडौं । नेपाली कांग्रेसका केही नेताले २०८४ पछाडि पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा डा.शशांक कोइराला, डा. नारायण खड्कागायतका नेताले यस्तो प्रस्ताव गरेका हुन् । डा. शशांक, डा. नारायण खड्काले पार्टीको महाधिवेशन ०८४ पछाडि गर्दा पनि हुने प्रस्ताव गरेको एक नेताले बताए ।
कांग्रेस संसदीय दलको बैठकमा स्थनीय चुनाव संघीय चुनावभन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे, संविधानमै लेख्नुपर्ने कांग्रेस नेताहरूले जोड दिएको ती नेताले बताए ।
संसदको हिउँदे अधिवेशन अहिले एक बजे सुरु हुँदैछ । संसदको आजको बैठकमा सरकारले विभिन्न ६ वटा अध्यादेश पेश गर्दैछ । तर, विपक्षी दलहरुले भने गलत तरिकाले ल्याइएको विधेयक अस्वीकार गर्ने भन्दै प्रतिवाद गर्ने तयारीमा छन् ।