Logo
Logo

भारतको एपोलो अस्पतालमा नेकपा नेता झलनाथ खनालको उपचार सुरु


दृष्टि संवाददाता

441
Shares

काठमाडौं, १ फागुन । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार सुरु भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको उपचार सुरु भएको छ ।

खनाललाई उच्च रक्तचाप र स्वासप्रश्वास सम्बन्धी समस्या रहेको छ । समस्या बढेपछि उनी हिजो भारत प्रस्थान गरेका थिए । यसैबीच अस्पताल पुगेरै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्