काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारविरुद्ध भाषणगर्दै हिडेको भन्दै आलोचना गरेका छन् ।
नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको बताएका हुन् ।
नेपाल पत्रकार महासंघको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपराष्ट्रपति पुनले सरकारको कदम असंवैधानिक रहेको बताएको विषयलाई लिएर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति सरकारविरुद्ध लागेको आरोप लगाएका हुन् ।
प्रधाननमन्त्री ओलीले भनेका थिए– ‘उपराष्ट्रति सरकारविरुद्ध भाषण गर्दै हिन्नु भएको छ । म उहाँलाई भन्न चाहन्छु, उहाँको पदले भाषण गरेर हिन्ने ? सरकारको विरोध गरेर हिन्ने अनि संविधान मिचियो अथवा प्रजातन्त्र मासियो आदि कुराहरु, प्रतिनिधिसभा विघट गरेर बेठिक भो, चुनाव गर्न पाइदैन भन्ने ?’
प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनलाई चुनाव गर्न नचाहने पृष्टभुमीबाट आएको समेत भनेका छन् ।