Logo
Logo

सरकार र विप्लव समूहबीच वार्ताको अन्तिम तयारी

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता टोली


दृष्टि संवाददाता

756
Shares

काठमाडौं, १० फागुन । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले वार्ता समिति गठन गरेको छ । सरकारसँग वार्ताका लागि खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता टोली गठन भएको विप्लव स्रोतले बताएको छ ।

सरकारका प्रतिनिधि र विप्लव समूहका प्रतिनिधिबीच अनौपचारिक संवाद भइरहेको दुबै पक्षले पुष्टि गरेका छन् । शनिबारकै एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग अनौपचारिक वार्ता भइरहेको पुष्टि गरे ।

विप्लव समूहले पनि विज्ञप्ती जारी गरेरै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको उल्लेख गरेको छ । तर, उसले प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेको नेताहरु रिहा गर्नुपर्ने शर्त राखेको छ ।

अहिले विप्लवका शर्तहरुमा दुबै पक्षबीच अनौपचारिक छलफल भएको जानकारी प्राप्त भएको छ । वार्ताका लागि अहिले महासचिव विप्लवको सिधा चासो रहेको सो समूहका एक नेताले जानकारी दिएका छन् । एक–दुई दिनमै परिणाम देखिने ति नेताले बताए । औपचारिक वार्ता बुधबार/बिहीबारसम्ममा गर्ने गरी अनौपचारिक छलफलहरु अघि बढेको दुबै पक्षले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्