Logo
Logo

दिल्ली पुगेका बाबुराम भट्टराईको उपचार सुरु


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको राजधानी नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्समा उपचार सुरु भएको छ । वरिष्ठ चिकित्सक विक्रम भाटियाले भट्टराई उपचार गर्ने उनका प्रेस सल्लाहकार विश्वद्वीप पाण्डेले जानकारी दिएका छन् ।

न्युरो–इन्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको छ । नेपालमा त्यो ट्युमर घातक भएको वा नभएको प्रमाणित हुन नसकेपछि चिकित्सकहरुको सल्लाहमा भट्टराई दिल्ली पुगेका हुन् ।

भट्टराईका साथ उनकी श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे पनि दिल्लीमा छन् । आइतबार उनीहरु दिल्लीस्थित नेपाली दूतावासमा बसेका थिए ।

यसअघि भट्टराईले ललितपुरको निदान अस्पतालमा उपचार गराएका थिए । यसैबीच भट्टराईले उपचारका लागि दिल्लीमा आउनुपरेकामा आफू लज्जित र दुःखित रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्