काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको आदेश आएपछि अध्यक्ष ओलीले स्थायी कमिटी बैठक विहान ११ बजेका लागि बोलाएका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे र आफ्ना रणनीति बनाउन बैठक बोलाइएको ओली निकट नेता सत्यनारायण मण्डलले जानकारी दिए । नेकपाका ४४ मध्ये १६ स्थायी कमिटी सदस्यहरु ओली पक्षमा रहेका छन् ।
यस्तै आजै ओलीले आफू निकटका सांसदहरुसँग पनि छलफल गर्ने भएका छन् । काठमाडौंमा उपलब्ध सांसदहरुसँग छलफल गर्ने तयारीमा ओली जुटेको बताइएको छ ।