काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापनाको फैसलाको स्वागत गर्दै देशैभर विजय जुलुस निकाल्ने भएको छ । आज काठमाडौंको शान्तिबाटिकामा मध्यान्ह १२ बजे विजय जुलुस निकालिने भएको छ ।
File
जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने भएका छन् । दुबै अध्यक्ष अहिले चितवनमा छन् ।
उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो । मंगलबार चितवन पुगेका अध्यक्षद्वय केहीबेरमा काठमाडौं आउने उनले बताए । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटन बदर गरेको थियो ।