Logo
Logo

सत्ता सहकार्यमा जसपाले राख्यो शर्त, छलफल सकारात्मक


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह)सँग शर्त अघि सारेको छ । प्रचण्ड–माधव समूहले प्रतिपक्ष दलहरुसँगको छलफललाई तीव्रता दिने क्रममा आज जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।

आज विहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँगको छलफलमा शर्त आएको छ ।

जसपाका नेताहरुले संविधान संशोधन, रेशम चाौधरीको रिहाइ लगायतका शर्तहरु अघि सारेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए । जसपासँग ३४ सांसद रहेका छन् । त्यसमध्ये एक जना निलम्बनमा छन् ।

प्रतिक्रिया दिनुहोस्