Logo
Logo

नेकपाको एकता जोगाउन दोस्रो तहका नेताहरुले थाले छलफल


दृष्टि संवाददाता

3.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित बन्यो । सर्वोच्च अदालतले विघटन बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापित गरेपछि नेकपाका दुई समूहमा ल्याउने प्रयास पनि सुरु भएका छन् ।

तर, नेकपा एकता भइहाल्ने अवस्था तत्तकाल नहुने दुबै समूहका नेताहरुले सार्वजनिक रुपमा बताउँदै आएका छन् । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ अहिले नै त्यस्तो अवस्था नरहेको बताउँछन् । उनले भने, ‘अहिले नै एकता होला भन्न सकिदैन ।’

अर्कोतिर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिकरुपमै पार्टी एक हुने अवस्था नरहेको बताउँने गरेका छन् । तर, दोस्रो तहका नेताहरु भने दुबै समूहलाई एक ठाउँमा ल्याउने प्रयासमा जुटेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना पछि घनश्याम भुसाल, वर्षमान पुन, योगेश भट्टराई, विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरु छलफलमा जुटेका छन् । उनीहरुले पहिलो पुस्ताका नेताहरुलाई व्यवस्थापन गरेर पार्टी एकीकरण गर्ने र पुनः नेकपाकै नेतृत्वमा सरकार गठन गर्ने गरी छलफल चलाइरहेका छन् ।

यसका लागि प्रचण्ड–माधव समूहबाट वर्षमान पुन र ओली समूहबाट विष्णु पौडेलले अगुवाइ गरेको स्रोतले बताएको छ । प्रचण्ड–माधव समूहले ओलीको बहिर्गमन खोजेको छ भने ओली समूहले अबको सरकारको नेतृत्व दोस्रो पुस्ताबाट हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्