Logo
Logo

पहाडी भूभागमा मौसम बदलीको सम्भावना


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली भएपनि मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्याकाको आज विहानको तापक्रम १०.४ डिग्री सेल्सियस रहेको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौं उपत्यकाको दिउँसोका तापक्रम १८–२० डिग्री सेल्यिस रहनेछ।

आज दिउँसो प्रदेश नं. १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली हुने छ । प्रदेश नं. २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउने तथा तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्