Logo
Logo

थप ३ हजार ३८३ मा कोरोना पुष्टि, २४ जनाको मृत्यु


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ४४८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कूल १० हजार ६३८ पीसीआर र ६ हजार ८० जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३२ हजार ५९ संक्रिय संक्रमित रहको स्वास्थ्य मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्