Logo
Logo

क्रियाशील सदस्यता छानविनको प्रतिवेदनमा पौडेल समूह असन्तुष्ट


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असहमति जनाएको छ ।

मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत र बलबहादुर केसीको बैठकले रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमै असहमति जनाएको हो ।

छानविन समितिले टुंग्याउन नसकेका १३ निर्वाचन क्षेत्रको हकमा के गर्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्