Logo
Logo

मैलुङ खोलाको आइपीओमा २१ लाख १८ हजारकाे आवेदन


दृष्टि संवाददाता

3.4k
Shares

काठमाडाैं । मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिनसम्ममा २१ लाख भन्दा धेरैले आवेदन दिएका छन्।

मंगलबारसम्ममा कम्पनीको आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको हाे ।

कम्पनीले सर्वसाधारणमा जम्मा ६ लाख ६८ हजार ७ सय ४६ कित्ता शेयर बिक्रीमा ल्याएकोमा हालसम्म परेको आवेदनलाई आधार मन्दा १४ लाख ५० हजार १७९ जना आवेदकको हात खाली हुने देखिएको छ। तर, अझै बैंक मार्फत आवेदन दिने कतिपय आवेदकको आवेदन गणना हुन बाँकी छ भने यसमा केहि आवेदन रद्द समेत हुनेछन्।

कम्पनीले बिहीबारदेखि प्रतिशेयर एक सय अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँट गर्ने छ।

प्रतिक्रिया दिनुहोस्