Logo
Logo

गोकर्णेश्वर नगरपालिकामा नगर स्काउट समिति गठन


दृष्टि संवाददाता

3.5k
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिका स्तरीय नगर स्काउट तदर्थ समिति गठन गरेको छ । स्काउट लिडर सुरेश कुमार खड्काको नेतृत्वमा तदर्थ समिति गठन गरिएको हो ।

स्काउटका नाममा नगर भित्र विभिन्न गैह्र स्काउटको क्रियाकलापलाई रोक्न लामो समयदेखि क्रियाशिल स्काउट लिडरलाई संलग्न गराएर समिति गठन गरिएको स्काउट लिडर कृष्ण श्रेष्ठले जानकारी दिए ।

राज्य पूर्नसंरचनासँगै तीन तहको सरकार रहेको र नेपाल स्काउट ऐन पनि सोहि अनुरुप परिमार्जित भएसँगै नेपाल स्काउट ऐन २०५० (केहि नेपाल ऐनलाई संशोधित गर्ने ऐन २०७५ ) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को क्षेत्राधिकार र अधिन भित्र रहि समिती गठन गरेको नगर प्रमुख चालिसेले बताए ।

नगर स्काउटका संरक्षक समेत रहेका चालिसेले नगर भित्र विशुद्ध स्काउटिङ गतिविधि गर्न र विश्व स्काउटको सिद्धान्त, मूल्य र मान्यता अनुरुप अघि बढ्न नवगठित तदर्थ समितिलाई निर्देशन दिए ।

त्यसैगरि नगर स्काउट प्रमुख समेत रहेकी उप प्रमुख शान्ती नेपालले विश्व व्यापी शैक्षिक अभियानको रुपमा क्रियासिल स्काउटिङ शिक्षाको माध्यमबाट नगरका बालबालिकाहरुको शारिरीक, मानसिम, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनाको विकास गराउँन नव गठित तदर्थ समिति सफल हुनेमा आफु विश्वस्त रहेको बताइन् ।

गठित समितिका संयोजक सुरेश कुमार खड्काले विश्व स्काउटको मूल्य, मान्यता अनुरुप नगरको माटो र समाज सुहाउँदो स्काउटिङमा जोड दिने प्रतिवद्धता जनाए । उनले समग्र नेपाल स्काउटमा देखिएको ग्रहण विस्तारै हट्दै जाने समेत विश्वास व्यक्त गरे ।

नेपालमै पहिलो पटक स्थानीय पाठ्य पुस्तक लागु गरेर शिक्षा क्षेत्रमा आफुलाई अग्रणी देखाएको नगरपालिकाले स्काउट अभियानमा फड्को मार्ने स्थानीय स्काउट लिडरले विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्