Logo
Logo

शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त


दृष्टि संवाददाता

756
Shares

काठमाडाैं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर–१० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

त्यस्तैगरी आयोगको सदस्यहरूमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन नियुक्त भएक छन् । आयोग करीब एक वर्षदेखि पदाधिकारी विहीन थियो ।

प्रतिक्रिया दिनुहोस्