Logo
Logo

गत आर्थिक वर्षमा १ लाख ७ हजार घर पुनर्निर्माण


दृष्टि संवाददाता

1k
Shares

काठमाडाैं । गत आर्थिक वर्ष ०७७/०७८ मा १ लाख ७ हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण पुरा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बाषिर्क समीक्षा गोष्ठीमा सार्वजनिक तथ्यांकअनुसार ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् ।

यस्तै ४१ हजार ७३८ हजारले भने अनुदान सम्झौता गरेका छन् । ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् । ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ ।

थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा सांस्कृतिक सम्पदा र ९ वटा सरकारी भवनहरुको पुनर्निर्माण भएको छ । यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ वटा भवनहरुको पनि पुनर्निर्माण सम्पन्न भएको समेत तथ्यांक छ ।

प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सबै २१६ वटा सुरक्षा निकायका भवनको समेत पुनर्निर्माण पुरा भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्