Logo
Logo

सत्तारुढ कार्यदलले सरकारको १४ बुँदे प्राथमिकता सार्वजनिक गर्दै


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । सरकार संचानका लागि सत्तारुढ दलले बनाएको कार्यदलको बैठक बस्दैछ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजे बस्दैछ ।

आजको बैठकमा कार्यदलले यसअघि बनाएको न्यूनतम साझा कार्यक्रममा सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूका लागि १४ बुँदे आचारसंहितालाई अन्तिम रुप दिने बताइएको छ । साझा कार्यक्रमलाई अन्तिम रुप दिएर गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेपछि सार्वजनिक गरिने कार्यदलका सदस्य रमेश लेखकले जानकारी दिए । लेखकका अनुसार प्रारम्भिक प्रतिवेदनमा कोभिड– १९ को नियन्त्रण, राष्ट्रिय हित, संविधान संशोधन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय समेटिएको छ ।

त्यस्तै, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि कार्यक्रममा समेटिएको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देव गुरुङ, राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्