Logo
Logo

वायुसेवा निगम बेच्ने डिमप्रकाश एमालेको केन्द्रीय विभागमा !


दृष्टि संवाददाता

89.6k
Shares

काठमाडौं । आन्तरिक विवाद समाधान गर्दै पार्टी एकताको प्रयास चलिरहेको बेला नेकपा एमालेले केन्द्रीय विभाग विस्तार गर्दै विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले गरेको विभाग विस्तारमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका त कोही नहुने नै भए । तर, ओलीले विस्तार गरेको विभागमा नैतिक रुपमा पतनहरुको जमाता छ । त्यसैले ओली समूहमै विभागको जिम्मेवारी तोकिएको विषयमा विवाद भइरहेको छ ।

ओलीले विभाग विस्तार गर्दा गौरवमय इतिहास बोकेको नेपाल वायुसेवा निगमलाई निजी क्षेत्रलाई बेच्ने निर्णय गरेका महाप्रवन्धक डिमप्रकाश पौडेल पनि परेका छन् । ‘पर्यटन तथा प्रवद्र्धन विभाग’को सदस्यको रुपमा महाप्रवन्धक पौडेलले जिम्मेवारी पाएका हुन् ।

ओली समूहले सार्वजनिक गरेको सूचीको अन्तिममा रहेको ‘प्रकाश पौडेल, सदस्य स्याङ्जा’ लोखिएको छ । वायुसेवा निगमको जिम्मेवारीमा रहेकाले पूरा नाम लेख्दा आलोचना हुने भएपछि पौडेलको नाम पूरा नलेखिएको ओली समूहका एक नेताले बताए । ती नेताले भने– यस्ता नैतिक रुपमा पतनहरुलाई जिम्मेवारी दिने परम्पराले पार्टीमा योगदान गरेकाहरु निरुत्साहित हुनेमात्र नभइ पार्टीप्रति विश्वास गुम्दै गएको छ । अध्यक्षज्यूले यो गलत गर्नु भयो । हामी त्यसैको विरोध गरिरहेका छौँ ।’

महाप्रबन्धक पौडेलले हालैमात्र निगमलाई निजीकरण गर्ने निर्णय गर्दै ८० अर्बको सम्पत्ति ५० अर्ब मात्र मूल्यांकन गरेका थिए । त्यसको व्यापक विरोध भइरहेको छ । पौडेललाई महाप्रवन्धकबाट हटाउन माग गर्दै निगमका कर्मचारी निरन्तर आन्दोलनमा छन् ।

एमालेको केन्द्रीय विभागमा पौडेलको नामसमेत परेपछि पार्टीभित्र र बाहिर व्यापक आलोचना भएपछि पौडेलले भने आफू कुनैपनि पार्टी वा संगठनमा आवद्ध नरहेको र जिम्मेवारीमा रहेसम्म नरहने बताएका छन् । पौडेलले फेसबुकमा लेखेका छन्, ‘नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछि म कुनै पनि पार्टीको कुनै पनि कमिटीको आवद्दता तथा पद स्विकार नगरेको र यो पदमा रहुन्जेल कुनै पनि पार्टी वा त्यसको जनवर्र्गीय संगठनमा आवद्द नहुने ब्योहोरा सबैको जानकारीका लागि सादर अनुरोध छ ।’

सरकारी निकायको कुनै जिम्मेवार पदमा रहेका व्यक्ति निहीत कुनै राजीतिक दल वा संगठनमा आवद्ध हुनु नैतिकताको आधारमा गलत मानिन्छ । जिम्मेवारी नलिएसम्म कुनै राजनीतिक दल वा संगठनमा आवद्ध भएतापनि जिम्मेवारी सम्हालेको दिनदेखि नै ती व्यक्तिले ती दल वा संगठनबाट राजीनामा दिनुपर्ने हुन्छ । तर, महाप्रवन्धक पौडेल भने, एमालेको केन्द्रीय विभागको सदस्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्