काठमाडौं । केपी शर्मा ओली सत्तामा रहँदा यस्ता धेरै व्यक्तिले सरकारी निकायमा नियुक्ति पाएका छन्, जो नैतिक रुपमा पतन छन् । तिमध्ये एक हुन्, गुरुप्रसाद भट्टराई ।
गुरुले केही दिन सामाजिक सञ्जालमार्फत ओलीको देवत्वकरणमा खर्चे । ओलीलाई देवत्वकरण गरेवापत बक्सिस पाए, रेल्वे कम्पनीको महाप्रवन्धक ! भट्टराई महाप्रवन्धक भएपछि चौतर्फी विरोध भयो । ओलीको व्यापक आलोचना भयो । तर, ओलीले बोलेपछि रोक्ने को ? त्यसैले आजसम्म तुच्छ र नैतिक रुपमा पतन भट्टराई रेल्वे कम्पनीको महाप्रवन्धक नै छन् ।
तुच्छ गुरु
आर्थिक अनियमिततालगायत विषयमा अहिलेसम्म गुरुप्रसाद भट्टराईको नाम जोडिए पनि प्रमाणित भएको छैन । उनी तुच्छ अभिव्यक्तिका कारण आलोचित मात्र भएनन्, अधिक घृणित पनि भए । उनले लेख्ने स्टाटसमा गाली गर्नेबाहेक कोही हुँदैनन् ।
महाप्रवन्धकको बक्सिस नपाउँदै देखि नै गुरु तुच्छ अभिव्यक्तिका कारण आलोचित थिए । महाप्रवन्धक भएपछि त्योक्रम रोकिएला भन्ने थियो । तर, झनै बढ्यो । जिम्मेवार व्यक्तिले जातियविभेद, महिला हिंसा जस्ता सम्वेदनशीन विषयमा तुच्छ अभिव्यक्ति दिनु गलत भन्दै व्यापक विरोध हुँदै आएको छ । ओलीको विपक्षमा रहेका राजनीतिक नेतृत्व तथा व्यक्तिप्र्रति उनले लेखेका तुच्छ र अमर्यादित स्टाटसहरु अझै सुरक्षित छन् । त्यसैले गुरु आलोचित र घृणित बने ।
पछिल्लो पटक सरकारले स्पष्टीकरण सोधपछि त झनै उग्र हुने भए । सरकारले स्पष्टीकरण सोधेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोश पोखेका हुन् । वरिष्ठ नेता नेपाललाई त ‘राजनीतिको क्यान्सर’ नै भनेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै भट्टराईले महाप्रवन्धकबाट हटाएर देखाउन चुनौती नै दिएका छन् । उनले स्टाटस भनेका छन्, ‘मुलुकको हितमा काम गर्दा म अपराधी वा बाधा खडा गर्ने भएछु भने फाँसी लगाऊ । हटाएर देखाऊ ।’
भट्टराईले माधवकुमार नेपाललाई चुनौती दिँदै लेखेका छन्, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब–किताब गर्छु ।’
छिट्टै बर्खास्त हुँदै
सरकारले नैतिकतामाथि प्रश्न गर्दै गुरुलाई पहिलो स्पष्टीकरण सोधिसकेको छ । तीन पटकसम्म स्पष्टीकरण सोधेपछि सरकारले हटाउन सक्छ । तीन पटकसम्म स्पष्टीकरण सोध्ने र तीन वटै स्पष्टकीरण चित्त नबुझेको भन्दै सरकारले कारवाही गर्न सक्छ । केही दिनमै बाँकी दुई स्पष्टीकरण सोध्ने सरकारको तयारी छ ।
पहिलो स्पष्टीकरण सोधेपछि इमानदारपूर्वक स्पष्टीकरणको जवाफ लेख्न छोडेर सामाजिक सञ्जालबाट प्रधानमन्त्री र नेताहरुलाई गाली गरेर बसेको भन्दै सरकारले थप ठाउँ पाएको छ । त्यसैले अबको केही दिनमै गुरु बर्खास्त हुने भएका छन् ।