Logo
Logo

नागरिकता विधेयक पारित गर्न माग गर्दै धर्ना


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ । ‘नागरिकताविहीन नेपालीहरु’ समूहले बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएका हुन् ।

नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्ययन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संसोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।

प्रर्दशनमा सहभागीहरुले आफुहरुले नागरिकता नपाएको भन्दै युवाहरुले विगतको दिनमा नागरिकता नपाएर गुमाएका सेवा सुविधाको क्षतिपुर्ती पाउनुपर्ने समेत सरकारसँग माग गरेका थिए ।

संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरीकता नपाउँदा आफुहरू राज्यबिहीन हुन पुगेकाले विरोध गर्नुपरेको प्रर्दशनकारीको भनाइ छ ।

नेपालमा जन्मसिद्ध सन्तानको आधारमा नागरिकता नपाउनेको संख्या ६ लाख र आमाको नामबाट नागरिकता नपाउने ५ लाख ८० हजार रहेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्