Logo
Logo

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज बुधबार (साउन २० गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ ।

कम्पनीको आइपीओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।

पछिल्लो समय आइपीओमा आवेदन गर्नेको संख्या २१ लाख हराहरी पुगिसकेका छन् । त्यस अनुसार कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन पर्ने निश्चित छ । मागभन्दा बढी आवेदन परे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ।

यसअनुसार गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले मात्रै न्यूनतम १० कित्ता शेयर पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्