Logo
Logo

भुटानले दिने ३ लाख खाेप शनिवार आइपुग्ने


दृष्टि संवाददाता

2.8k
Shares

काठमाडाैं । भुटानले पैंचोमा दिन लागेको ३ लाख डोज अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने भएको छ ।

चार्टर्ड फ्लाइटबाट खोप आउन लागेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइने भएको छ ।

मुलुकका १६ लाख ज्येष्ठ नागरिक कोभिसिल्ड खोपको दोस्रो मात्राको पर्खाइमा छन् । भुटानबाट आउन लागेको उक्त खोपको म्याद ग्रुजने मिति नजिकै भएकाले कुनै ढिलाइ बिना लगाउने तयारी भैरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्