काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले कोरोनाविरुद्धको खोपको मूल्य सार्वजनिक गर्न माग गरेका छन् ।
बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग गरेको छलफलमा सांसद अधिकारीले खोपको मूल्य सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले भने, ‘राष्ट्रको ढुकुटी गएको छ, मोर्डनाको मूल्य कति हो ? भेरोसेलको मूल्य कति हो ? जोनसन एण्ड जोनसनको मूल्य कति हो ? यो हामीले थाहा पाउनुप¥यो ।’
अघिल्लो सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार केही खोप आइसकेको छ भने केही आउने क्रम जारी छ ।
अहिले देउवा सरकारले थप ६० लाख भेरोसिल खरिदका लागि सिनोफार्मसँग सम्झौता गरेको छ भने फाइजरको ४० लाख, मोर्डनाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत भुक्तानी गरेको छ ।
जोनसन एण्ड जोनसनको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिद प्रक्रिया सुरु गरेको छ । १२ देखि १८ वर्षसम्मका किशोरकिशोरीका फाइजरको ६० लाख खोप पनि खरिदको प्रक्रियामा छ । तर, सुरुमा भारतको सेरमसँग खरिद गरेको २० लाख बाहेक अरु खोपको मूख्य सार्वजनिक भएको छैन ।