Logo
Logo

‘जबर्जस्ती उठाएर लैजानुलाई विमला बच्चा हो र ?’


दृष्टि संवाददाता

3.7k
Shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्य विमला वलीकै उनको राजीखुसीमा मुख्यमन्त्रीको निवासमा पु¥याएको बताएका छन् । एमालेमै फर्किएको विज्ञप्ति समेत वलीकै इच्छाअनुसार सार्वजनिक गरिएको उनको दावी छ ।

बिहीबार प्रदेशसभा सदस्य विमलाले बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पु¥याएर ‘बन्धक’ बनाइ हस्ताक्षर गर्न लगाएको बताएकी थिइन् । साउन १५ देखि १७ गतेसम्म आफूलाई मुख्यमन्त्रीकै निवासमा बन्धक बनाएर राखेको समेत वलीले बताएकी छन् ।

ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पु¥याएको स्वीकार गरे पनि जबर्जस्ती नभएको बताएका छन् । वलीकै इच्छाअनुसार मुख्यमन्त्री निवास पु¥याएको उनको भनाइ छ । उनले भने, ‘उहाँ बच्चा होर उठाएर लानू ।’

मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा पुर्याएको ढकालको दावी छ । त्यो बेला विमलासँग उनकी दिदी र भिनाजुको भाइ समेत सँगै रहेको भन्दै विमलाको जवाफ पत्रकार सम्मेलन गरेरै दिने सचेतक ढकालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्