काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि भएका आधारभूत जनतालाई बिद्युत उपभोगमा राहत दिने बताएकी छन् ।
बिहीबार सिंहदरबारमा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँग छलफल गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी भएको र छिटै निष्कर्षमा पुग्ने बताएकी हुन् ।
उनले घरेलु उपभोग बढाउनका लागि बढि युनिट खपत गर्नेलाइ महशुल कम गर्ने तयारी भएको पनि बताउनुभयो । उहाले एपी ग्यासको न्युनिकरण गरि बिधुत उपभोगलाई बढाउने नीति ल्याइने धारणा राखे । उनले सवै प्रदेशमा सञ्चित जलाशययुक्त बिधुत आयोजना निर्माणलाई प्राथमितामा राखिने उल्लेख गरिन् ।
मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिंचाइ पु¥याउनका निम्ति पनि मन्त्रालय क्रियाशिल रहने बताइन् ।
मन्त्रालयबाट यसअघि सुरु गर्न खोजिएका तर पुरा नभएका र सकारात्मक कामका बारेमा जानकारी र अनुभव लिने उद्देश्यले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँग छलफल गरिएको उनले जानकारी दिइन् ।