Logo
Logo

आयोग खारेजीको बिरुद्धमा युवा संघद्धारा प्रदर्शन


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली निकटको राष्ट्रिय युवा संघ नेपालले भूमी आयोग खारेज गर्ने सरकारको निर्णयबिरुद्ध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमी आयोग गत मंगलबार खारेज गर्ने निर्णय गरेको थियो । जडिबुटीको सुकुम्बासी बस्तीबाट युवा संघले प्रदर्शन गरेको छ । भूमीहिन तथा सुकुम्बासीको समस्या समाधानका लागि आयोगले तयारी गरिरहेकै अवस्थामा विघटन गरेर जनघाती काम सरकारले गरेको आरोप संघको रहेको छ ।

जुलुशमा सुकुम्बासीका साथै संघका कार्यकर्ताहरु सहभागी थिए । उनीहरुले संघको व्यानरसहित प्रदर्शनमा सहभागी हँुदै सरकारबिरुद्ध चर्का नारावाजी गरेका छन् । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले गठन गरेको आयोगले १२ लाखभन्दा बढी सुकुम्बासी तथा भुमीहिनहरुलाई जग्गाको लालपुर्जा दिने अन्तिम तयारी गरिरहेको अवस्थामा देउवा सरकारले आयोग नै विगठन गर्ने निर्णय गरेको हो ।

संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले सुकुम्बासी तथा भूमीहीनहरुको समस्या समाधानका लागि लालपुर्जा वितरण गर्ने अन्तिम समयमा आएर आयोग नै विगठन गर्ने निर्णय खारेज हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्