Logo
Logo

भूमिहीन समस्या समाधान आयोग खारेजीविरुद्ध आन्दोलन घोषणा


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । नेकपा एमाले निकट नेपाल भूमिहीन सुकुम्बासी संगठनले भुमिसम्बन्धी समस्या समाधानका लागि गठन भएको ‘भूमिहीन समस्या समाधान आयोग’ सरकारले खारेज गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ ।

संगठनका अध्यक्ष शान्ता चौधरीले विज्ञप्ती जारी गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरका भूमिहीन, सुकुम्वासी, अव्यवस्थित वस्तीहरुमा जानकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते जिल्ला जिल्लामा विरोध सभासहित थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चौधरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत मंगलबार सरकारले आयोग खारेज गर्ने निर्णय गरेको थियो । भूमिहिन तथा सुकुम्बासीको समस्या समाधानका लागि आयोगले तयारी गरिरहेकै अवस्थामा खारेज गरेर सरकारले जनघाती काम गरेको संगठनले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्