Logo
Logo

एनएलजी इन्स्योरेन्सको १० प्रतिशतभन्दा बढी लाभांश पारित


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १० दशमलव ५२६३ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको साउन २१ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिले गरेको लाभांश प्रस्ताव पारित गरेको हो ।

लाभांश पारित भएसँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत र कर प्रयोजनको लागि शुन्य दशमलव ५२६३ प्रतिशत नगद गरी कूल १० दशमलव ०५२६३ प्रतिशत लाभांश पाउने भएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कूल बीमा शुल्क आम्दानी एक अर्ब ८० करोड ७ लाख रुपैयाँ र खुद बीमा शुल्क आम्दानी ६४ करोड ६४ लाख रुपैयाँ गरेको छ । इन्स्योरेन्सले २६ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भई असार मसान्तमा २ अर्ब ३१ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको कुल कारोबार ८ दशमलव ०८ प्रतिशतले बढेर एक अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्