Logo
Logo

झण्डै चार हजारमा काेराेना संक्रमण, ३७ काे मृत्यु


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडाैं ।पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा बिहीबार थप ३ हजार ७ जना र एन्टिजेन विधिद्वारा गरिएको ६ हजार ५३८ परीक्षणबाट ९३१ जनामा पोजिटिभ देखिएसँगै संक्रमित हुनेकाे संख्या झण्डै चार हजार पुगेकाे हाे ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेकाे छ ।

यस्तै कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ९ सय ९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्