Logo
Logo

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा १५ लाख आवेदन


दृष्टि संवाददाता

2.6k
Shares

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आइपीओमा झण्डै १५ लाख आवेदन परेकाे छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १४ लाख ९५ हजार ३८९ जना आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।

कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ।

प्रतिक्रिया दिनुहोस्