Logo
Logo

सत्ता गठबन्धन जोगाउँने हाम्रो दायित्व हो : नेपाल


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धन जोगाउनु आफ्नो दायित्व रहेको बताएका छन् । संविधान, लोकतन्त्र र संसद जोगाउन गठबन्धन बनाइएको भन्दै गठबन्धन जोगाउने आफ्नो दायित्व रहेको बताएका हुन् ।

नेपाल समूहको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने– ‘सरकारमा जानका लागि गठबन्धन बनाइएको होइन । संविधान, लोकतन्त्र र संसद जोगाउन गठबन्धन बनाइएको हो । त्यसैले गठबन्धन जोगाउने जिम्मा पनि हाम्रै हो । गठबन्धन जोगाउन हामीले भूमिका खेल्नुपर्छ ।’

नेता नेपालले सत्ता गठबन्धनप्रति आफ्नो उत्तरदायित्व रहेको भन्दै पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजानुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्