Logo
Logo

लुम्बिनीको अधिवेशन आह्वानदेखि सम्मानजनक एकतामा माधव नेपालको अडानसम्म


दृष्टि संवाददाता

2.1k
Shares

हेडलाइन्स् :

१. पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा बिहीबार थप ३ हजार ७ जना र एन्टिजेन विधिद्वारा गरिएको ६ हजार ५३८ परीक्षणबाट ९३१ जना पोजिटिभ, पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त, हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुग्यो, थप ३७को मृत्यु ।

२. लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आगामी साउन २७ बोलाइयो, विपक्षी गठबन्धन मंगलबार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरी प्रदेश प्रमुख अमिक शेरचनसामू विशेष अधिवेशन आह्वान गर्न समावेदन दिएपछि अधिवेशन आह्वान, बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने, आह्वान गरेको विशेष अधिवेशन संविधान विपरीत भएको एमालेको दाबी ।

३. पाँच दलीय सत्ता गठबन्धन जोगाउनु आफ्नो दायित्व रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको भनाइ, पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजानुपर्ने धारणा व्यक्त, एकता प्रयास टुंगिन बाँकी रहेको माधव नेपालको ब्रिफिङ, जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले वार्ता टोलीको भूमिकामाथि प्रश्न उठाएपछि भीम रावलले गरे बैठकमै प्रतिवाद, कार्यदलले अघि सारेको १० बुँदे प्रस्तावका आधारमा एकताको लागि प्रयास गर्ने बैठकको निष्कर्ष ।

४. नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम खारेज गर्ने माओवादी अध्यक्ष प्रचण्डको भ्याकेट निवेदन खारेज, न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा माओवादी अध्यक्ष प्रचण्डका भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेज गर्ने सम्बन्धी माग तत्काल अश्वीकार, २१ जना जनप्रतिनिधिलाई मुद्दाको सूचना दिन आदेश ।

५. महाधिवेशनको कुनै विकल्प नभएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको निष्कर्ष , संवैधानिक, कानुनी, राजनीतिक र नैतिक रूपमा महाधिवेशन पछि सार्ने ठाउँ सकिएको भन्दै पौडेल पक्षद्वारा सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय, नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुद्वारा १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण ।

६. नेकपा माओवादी केन्द्र प्रदेश १ द्वारा संघीय सरकारले झापाको गिरीबन्धु टी–स्टेटको जग्गा सट्टा भर्नाका लागि अनुमति दिएको विषयमा प्रदेश १ सरकारको धारणा माग, माओवादी केन्द्रका सांसद आङ्बोद्वरा केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको गिरीबन्धु टी–स्टेटको करीब ३ सय ४१ बिघा जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती भएकोले फिर्ता गर्नुपर्ने माग ।

७. नेपाल वायुसेवा निगमका ९ वटा कर्मचारी ट्रेड यूनियनद्वारा महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग, २०५० सालमा ल्याइएको निजीकरण ऐनका कारण ३० मध्ये १८ वटा सार्वजनिक संस्थान निजीकरणका कारण बन्द भइसकेको र ८ वटा जेनतेन चलिरहेको ज्ञापन पत्रमा उल्लेख, हवाइ माफियाको इसारामा निगमलाई कम्पनीकरण गर्न लागिएको भन्दै सरकारले लगानी बृद्धि गरेर राहत दिनुपर्ने माग ।

८. नेप्से दोहोरो अंकले घट्यो, कारोबार उत्साहजनक, २२ अंक घटिसकेको सेयर बजारलाई अन्तिम मिनेटमा झिनो राहत, ५२ कम्पनीले कमाउँदा १ सय ३२ कम्पनीले गुमाए, सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा दुई दिनमा १५ लाखले गरे आवेदन, सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिफल घोषणा, बीमा कम्पनीहरुलाई हकप्रद बिक्री गर्न कडाई, तत्काल हकप्रद जारी गर्न नपाइने, ७६ लाख ३६ हजारलाई निशुल्क बिजुली उपलब्ध गराउने उर्जामन्त्रीको तयारी, बढी बाल्नेलाई छुट ।

९. ओमानमा हुने त्रिकोणात्मक एकदिवसिय सिरिजका लागि नेपाली क्रिकेट टिमको औपचारिक रूपमा प्रशिक्षण सुरु, मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षणमा रहेको टिमले त्रिकोणात्मक सिरिज अगाडी ओमान नै पपुवा न्युगिनीसँग दुई खेलको सिरिज खेल्ने योजना, पारसको सन्यासले आश्चार्यमा परेका ह्वाटमोरको भनाई, नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्न प्यालेस्टाइन, भारत र बंगलादेशको प्रस्ताव, राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा फुटबल विवाद समाधानका लागि गठन गरेको छानविन समितिले एन्फासंग आवश्यक कागजात माग गर्ने ।

१०.र, भारतमा फेरि बढ्यो कोरोना संक्रमण, अमेरिकाको टेक्ससमा भ्यान दुर्घटना, १० जनाको मृत्यु, कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा नलगाउन डब्लुएचओको आग्रह, बङ्गलादेशमा कोरोनाबाट एकै दिन मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च, अमेरिकामा चिनियाँ स्टकमा सन् १३ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट, बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्