Logo
Logo

विद्युत महशुल भुक्तानी विवाद समाधान गर्न परिसंघको माग


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । डेटिकेटेड र ट्रंक लाइनको विद्युत महशुल भुक्तानी विवाद समाधान गर्न नेपाल उद्योग परिसंघको नवनविर्चाति समितिले प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालसँग माग गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले छुट विलका नाममा उद्योगी व्यवसायीलाई त्रसित बनाउने गरी बक्यौता भुक्तानीका लागि पत्राचार गरेको र हाल आएर बक्यौता उठाउन ताकेता गरिरहेको भन्दै डेटिकेटेड र ट्रंक लाइनको विद्युत महशुल भुक्तानी विवाद समाधान गर्न संघले माग गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवासँग संघका अध्यक्ष विष्णुकुमार अग्रवालले जनजीवन सामान्य बनाउन र अर्थतन्त्रमा गतिशीलता दिन सबैलाई खोपको व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।

कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै जाँदा अस्पताल, अक्सिजनलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनमा जटिलता बढ्न सक्ने भएकाले अहिलेदेखि नै अक्सिजन प्लान्ट, सिलिन्डर र अस्पतालको चुस्त व्यवस्थापन गर्न पनि अधयक्ष अग्रवालले अनुरोध गरे ।

अध्यक्ष अग्रवाल नेतृत्वको टोलीले उर्जामन्त्री पम्फा भुसालसँग पनि डेटिकेटेड र ट्रंक लाइनको विद्युत महशुल भुक्तानी विवाद समाधान गर्न माग गरेको छ । जवाफमा मन्त्री भुसालले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुलसम्बन्धी विवाद समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्