Logo
Logo

प्रहरीलाई झुठो उजुरी दिने मामा-भान्जा पक्राउ


दृष्टि संवाददाता

945
Shares

जनकपुरधाम । लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो । उनीहरु मामा-भान्जा हुन् ।

प्रहरीका अनुसार मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका १ बाट उक्त रकम लुटपाट भएको भन्दै प्रहरीमा मौखिक उजुरी दिएका थिए ।

उनले सोनमा गाउँपालिका–१ बस्ने ५२ वर्षीय तौकिर अन्सारी, २२ वर्षीय इन्जाम आलम, २१ वर्षीय समिरुल अन्सारी, २२ वर्षीय असरफ अन्सारी र २४ वर्षीय सगिर अन्सारी समेतले रकम लुटेर फरार भएको जानकारी इलाका प्रहरी कार्यालय गौशालालाई गराएका थिए ।

महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टका अनुसार मौखिक उजुरी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले आरोपितहरुलाई नियन्त्रणमा लिई उजुरीकर्ता मोलाजिम र उनको मामा ऐनुललाई समेत इलाका प्रहरी कार्यालय गौशालामा उपस्थित गराएको थियो । अनुसन्धान गर्दा मोमिनले मामा घरबाट रुपैयाँ लिएर आएको नदेखिएको डिएसपी विष्टले बताए ।

प्रहरीका अनुसार आफ्नो गाउँघरको झै–झगडाको रिसिइबीका कारण झुठो उजुरी गरी फसाउने नियत देखिएकाले मामा-भान्जालाई नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्