Logo
Logo

देउवा सरकारले सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने !


दृष्टि संवाददाता

867.7k
Shares


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले सुरक्षाकर्मीलाई जोखिम भत्ता दिने बताएको छ । सरकारले तयार गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीलाई पनि जोखिम भत्ता दिने उल्लेख छ ।


केपी ओली सरकारले पनि भत्ता दिने निर्णय गरेपनि दिएन । थोरैलाई मात्र दिने निर्णय गरेपछि सुरक्षाकर्मीले भत्ता नलिने निर्णय गरेका थिए । देउवा सरकारले पनि दिन्छ कि दिदैन भन्ने चाँही कार्यान्वायन भएपछि मात्र थाहा हुन्छ ।


त्यस्तै नीति तथा कार्यक्रममा प्रदेश सरकारसँग समन्वय गरी प्रहरी समायोजन गर्ने उल्लेख छ । दुई वर्षअघिदेखि नै प्रहरी समायोजनको तयारी भएपनि विविध कारणले रोकिदै आएको छ ।


कांग्रेस नेता पूर्ण बहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको नीति तथा कार्यक्रममा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्