Logo
Logo

डा. केसीद्वारा राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । लामो समययता चिकित्सा क्षेत्रको सुधारका लागि संघर्ष गर्दै आएका डा. गोविन्द केसीले सरकार समक्ष पाँच बुँदे माग अघि सारेका छन् । डा. केसीले आफ्नो माग पूरा नभए ३ भदौदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

डा. केसीको मागपत्रमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा पहिलो माग रहेको छ । स्वार्थको द्वन्द्व उत्पन्न हुनेगरी राज्य मन्त्री नियुक्त गरिएको भन्दै राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्न उनले माग गरेका छन् । यस्तै, उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीलाई समेत पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

उनले सरकार गठन भएको तीन साता बढी वितिसक्दा पनि स्वास्थ्यमन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारले देशको स्वास्थ्य क्षेत्रलाई उल्टो र गलत बाटोमा डो¥याउने प्रयास गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्