Logo
Logo

बहुमूल्य धर्मग्रन्थका नाममा १३ लाख ७९ हजार ठगी


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौ । बौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्थ देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट शिवपुरी गाउँपालिका–१ का २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका–७ का ३० वर्षीय रजिन राईलाई पक्राउ गरेको हो ।

प्राचिन पुरातात्विक बौद्ध ग्रन्थ तीन करोड ८५ लाख रुपैयाँमा बिक्री गर्ने भनी बहाना बनाएर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । तामाङ काठमाडौं कलबारी र राई चाबहिल बस्दै आएका थिए ।

उनीहरुले साउन १४ गते उदयपुर चौदण्डिगढी नगरपालिका–८ घर भई गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बस्ने हेम प्रकाश मगरबाट उक्त रकम ठगी गरेको महाशाखाले जनाएको छ । उनीहरुलाई अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्