Logo
Logo

कोरोनाबाट मृत्यु हुनेकाे संख्या १० हजार नाघ्यो, थप ३ हजार ७२९ संक्रमित


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या दश हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिल्लो २४ घण्टामा थप २५ जना संक्रमितको मृत्यु भएसँगै कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या दश जार १९ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टा तीन हजार ७२९ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई हजार ४३० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक हजार २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कूल नौ हजार ४९३ पीसीआर र ६ हजार १८२ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

सोही अवधिमा एक हजार हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३४ हजार ९४२ संक्रिय संक्रमित रहको स्वास्थ्य मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्