Logo
Logo

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले परीक्षा स्थगन गर्न सिफारिस गरेको हो ।

परीक्ष स्थगित गर्ने नगर्ने भन्नेबारे निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले भोलि (शनिबार) बैठक बोलाएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको जानकारी दिए ।

श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु।’

प्रतिक्रिया दिनुहोस्