Logo
Logo

मेस्सीलाई अनुबन्ध गर्न पिएसजीले थाल्यो तयारी


दृष्टि संवाददाता

10.8k
Shares

एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अनुबन्ध गर्न आन्तरिक तयारी थालेको छ । मेस्सीले बार्सिलोना छाड्ने पक्का भएसँगै पिएसजीले अनुबन्धका लागि आन्तरिक तयारी थालेको हो ।

बार्सिलोनाले बिहीबार राति आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीसँग नयाँ सम्झैता हुन नसकेको जानकारी दिएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि ला लिगाको नियम अनुसार अनुबन्धन सफल हुन नसकको बार्सिलोनो जनाएको छ ।

बार्सिलोनासँग नयाँ सम्झौता हुन नसकेपछि पिएसजीले मेस्सीका एजेन्ट तथा पिता जोर्गे मेस्सीले सम्पर्क गरेका थियो । पिएसजीले यसअघि पनि मेस्सीलाई भित्र्याउ प्रयास गरेका थियो ।

मेस्सीले पिएसजी जानेबारे छलफल गर्न विहीबार नै प्रशिक्षक माउरिसियो पोचेटिनोसँग कुराकानी गरेका छन् । बार्सिलोना जस्तै पिएसजी पनि अहिले ऋणमा छ । तर पिएसजीले खेलाडी बेचेर आफ्नो आर्थिक अवस्था सुदृढ पार्न सक्छ ।

पिएसजीसँगै इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटीले पनि मेस्सीलाई अनुबन्ध गर्न इच्छा जाहेर गरेका थिए । सिटीले पनि एक सिजन अगाडि नै मेसीलाई अनुबन्ध गर्नका लागि बार्सिलोनासमक्ष गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सिया र ८९.५ मिलियन युरो दिने अफर गरेको थियो।

यद्यपि, बार्सिलोनाले मेसीको ‘रिलिज क्लज’ ७ सय मिलिय युरो तोकेको थियो । ७ सय मिलियन युरो तिरेपनि बार्सिलोनाको अनुमतिविना मेसीले क्लब छाड्न पाउने थिएनन् । त्यसैले उनी एक सिजन बार्सिलोनामै बस्न बाध्य भए।

प्रतिक्रिया दिनुहोस्