Logo
Logo

वाशिङ्गटनमा घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन हुँदै


दृष्टि संवाददाता

1.4k
Shares

वाशिङ्गटन । अमेरिकास्थि वाशिङ्गटन डिसी राज्यको सियाटलमा अगष्ट ७ र ८ घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन हुने भएको छ । नेपाली राजदूतावास र वाशिङ्गटन डिसीले संयुक्त रुपमा ‘घुम्ती कन्सुलर सेवा शिविर’ सञ्चालन गर्न लागेको हो ।

‘घुम्ती कन्सुलर सेवा शिविर’ सियाटल शहरस्थित सियाटलमा हुने छ । सियाटल क्षेत्रमा बसोबास गर्ने नेपाली समूदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा सञ्चाल गर्न लागेको वाशिङ्गटनस्थित नेपार्ल राजदूतावासले जनाएको छ । शिविरमार्फत सेवा लिन राजदूतावासले आग्रह गरेको छ ।

शिविरबाट राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र र पर्यटक भिषा सेवा प्रदान गर्ने राजदूतावासले जनाएको छ ।

कोभिड–१९ का कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले आफूलाई चाहिएको सेवा लिन चाहनेले
अग्रिम रुपमा फाराम भर्नुपर्ने राजदूतावासले जाएको छ ।

राजदूतावासको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्