Logo
Logo

बाख्रीको मासु बिक्री गर्ने ४ जना पक्राउ


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । बाख्राको मासु विक्रि गर्ने ४ जना पक्राउ परेका छन् । खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आज (शनिबार) बिहान पाँच बजे कालीमाटीबाट खटिएको प्रहरी टोलीले कलंकीको खसी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।

उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।

यस्तै प्रहरीले वीरगञ्जमा पनि खसीको भनी बाख्राको मासु बिक्री गर्ने एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका—१३ मुर्लीका २८ बर्षीय रोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्